काठमाडौं, २१ पुस । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ६ सय ३९ दशमलव ३७ को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक १० दशमलव २९ अङ्कले घटेर २६१० को बिन्दुमा कायम भएको थियो ।
आज परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार ५ अर्ब १ करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोड ३७ लाख रुपेयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक किनबेच भएको छ ।
सोमबार ३३५ धितोपत्र कारोबारमा आए, जसमध्ये २१४ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ३७ धितोपत्रको मूल्य बढेको छ भने ८ वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ वटै समूहको उपसूचक बढेको छ । उत्पादनमुलक समूहको उपसूचक सबैभन्दा धेरै ३.०५ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंकको २.७०, होटल एण्ड टुरिजमको २.५३, हाइड्रोपावकारे १.४४, लगानी समूहको १.२३, फाइनान्सको ०.८३, बैंकिङ समूहको ०.६५ र अन्य समूहको उपसूचक ०.७५ प्रतिशतले बढेको छ ।
सोमबार ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढ्ने कम्पनीमा सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर छन् । त्यस्तै दरामखोला हाइड्रोपावरको ९.५४, हिमस्टार ऊर्जाको ८.५४, नारायणी डेभलपमेन्ट बैंकको ८.५३ तथा ट्रेड टावरको ८.४८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर मूल्य सबैभन्दा धेरै २.४९ प्रतिशतले घटेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २.२३ प्रतिशत मूल्य घट्यो । आज घट्नेमा अधिकांश डिबेन्चर रहेको छन् ।