बागेश्वरी माविमा ‘शैक्षिक उन्नयनका लागि उत्प्रेरणात्मक तथा परामर्श कार्यक्रम’ सम्पन्न

अनलाइनसमय |
१३ पुष २०८२
बागेश्वरी माविमा ‘शैक्षिक उन्नयनका लागि उत्प्रेरणात्मक तथा परामर्श कार्यक्रम’ सम्पन्न

काठमाडौं । धादिङको बेनीघाट रोराङस्थित बागेश्वरी माध्यमिक विद्यालयमा ‘शैक्षिक उन्नयनका लागि उत्प्रेरणात्मक तथा परामर्श कार्यक्रम’ सम्पन्न भएको छ । हाल विभिन्न ओहदामा रहेका विद्यालयका पूर्वविद्यार्थी, विद्यायलय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

पूर्वविद्यार्थी एवम् नेपाल सरकारका सहसचिव शरण कुमार पाण्डेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा वकिल रामहरी त्रिपाठी, प्राध्यापक कल्पना सिलवाल, डा. रामकृष्ण बराकोटी, ¥याफ्टिङ गाइड उत्तम कडेल, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेल, सिभिल इन्जीनियर प्रकाश सिलवाल, इन्जीनियर सुजन त्रिपाठी, टिचिङ हस्पिटलका प्रमुख कार्यकारी निर्देशक निराजन कडेल, वैदेशिक रोजगारदाता राममणी बराकोटीलगायत पूर्वविद्यार्थी वक्ताका रुपमा सहभागी थिए ।

कार्यक्रममा प्रमुख अतिथि सहसचिव शरण कुमार पाण्डेले अहिलेका विद्यार्थीहरूले नै भोलि देशको नेतृत्व गर्ने भएकाले लक्ष्य निर्धारण गरी लगनशीलताका साथ अध्ययन गर्नुपर्नेमा जोड दिए । उनले अनुशासन, निरन्तर मेहनत र आत्मविश्वास नै सफलताको आधार भएको उल्लेख गरे ।

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले आफ्नो अनुभव विद्यार्थीहरूलाई सुनाउँदै अघि बढ्न हौसला प्रदान गरे ।

यस कार्यक्रमले विद्यार्थीहरूमा नयाँ ज्ञान, शीप सिक्ने अवसर पाएको विद्यालयका प्रधानाध्यापाक बेद प्रसाद ढकालले बताए । विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले गरेको प्रगतीप्रति खुसी व्यक्त गर्दै बधाई दिए ।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने सहभागी अतिथि तथा सञ्चारकर्मीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

२०१७ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १ देखि १२ सम्ममा करिव १२ सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस