कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

अनलाइनसमय |
२५ मंसिर २०८२
कारोबार रकमसँगै घट्यो नेप्से परिसूचक

काठमाडौं, २५ मंसिर । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ६६ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६ सय ७ दशमलव ३७ को बिन्दुमा बन्द भएको छ । बुधबार परिसूचक ७.७७ अङ्कले घटेर २,६०६ को बिन्दुमा कायम थियो ।

मपरिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ३ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ७७ लाख ६८ हजार ६०१ कित्ता शेयर ६९ हजार ७२९ पटक किनबेच भएको छ ।

बिहीबार ३२६ धितोपत्र कारोबारमा आए, जसमध्ये १४९ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९८ धितोपत्रको मूल्य बढेको छ भने ११ वटा धितोपत्रको मूल्य स्थिर छ ।

आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ५ वटा समूहको उपसूचक बढ्दा बाँकी सबै समूहको उपसूचक घटेको छ । यस दिन फाइनान्स समूहको पसूचक सबैभन्दा धेरै ०.६५ प्रतिशतले घटेको छ । त्यस्तै, होटल एण्ड टुरिजमको ०.५४, म्युचुअल फण्डको ०.३८, हाइड्रोपावरको ०.३६, लगानी समूहको ०.२९, विकास बैंकको ०.१९, निर्जिवन बीमाको ०.१६ र अन्य समूहको उपसूचक ०.६३ प्रतिशतले घटेको छ ।

उत्पादनमुलक समूहको उपसूचक सबैभन्दा धेरै ०.९२ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमाको ०.१८, बैंकिङ समूहको ०.१५, माइक्रोफाइनान्सको ०.०९ र व्यापार समूहको उपसूचक ०.०७ प्रतिशतले बढेको छ ।

बिहीबार स्वस्तिक लघुवित्त र एसआई प्यानलको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज को ६.०४, मैलुङ्ग हाइड्रोपावरको ३.९१ र आशा लघुवित्तको ३.२४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ८.४२ प्रतिशतले बढेको छ । त्यस्तै, थ्रि स्टार हाइड्रोपावरको ४.७१, माथिल्लो मैलुङ खोलाको ४.१०, इङ्वा हाइड्रोपावरको ३.०२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस