सालपा विकास बैंकको आईपीओमा आजबाट आवेदन दिन सकिने

अनलाइनसमय |
२५ मंसिर २०८२
सालपा विकास बैंकको आईपीओमा आजबाट आवेदन दिन सकिने

काठमाडौं, २५ मंसिर । सालपा विकास बैंक लिमिटेडले आज (मंसिर २५ गते)देखि आईपीओ निष्काशन खुला गरेको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्काशन गरेको हो ।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात १७ करोड २३ लाख ८८ हजार रुपैयाँ मूल्यको १७ लाख २३ हजार ८८० कित्ता शेयर आईपीओमार्फत निष्काशन गर्न पाएको थियो । यसमध्ये १० प्रतिशत अर्थात १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७२ हजार ३८८ कित्ता शेयर विशेष रूपमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ । प्रत्येक शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।

आईपीओमा आवेदन दिन मंसिर २९ गतेसम्म समय छ । यदि उक्त मितिसम्म पर्याप्त आवेदन नपुुगे आवेदनको समय पुस १० गतेसम्म लम्बाइनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।

आईपीओको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस