• अवसर, ताजा समाचार

    विश्व बैंकले माग्यो नेपालका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

     95 Views
    विश्व बैंकले माग्यो नेपालका लागि कर्मचारी, कति चाहिन्छ योग्यता ?

    काठमाडौं, ६ जेठ । विश्व बैंकले नेपालका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै दुई वर्षे अवधिको कार्यकालका लागि सिनियर अपरेशन अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।

    उक्त पदमा काम गर्ने कर्माचारीले कन्ट्री डाइरेक्टर र अपरेशन म्यानेजरसँग सहकार्य गर्दै नेपाल सरकार र नेपाल सरकारका सरोकारवाला निकायमहरुसँग आवद्ध हुँदै काम गर्नुपर्नेछ । साथै, नेपालको पोर्टफोलियोलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्नका लागि अपरेशन म्यानेजरको सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेछ ।

    इच्छुक व्यक्तिले उक्त पदका लागि आवेदन दिन सम्बन्धित संकायमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । साथै कम्तिमा ८ वर्षको कार्यानुभव हासिल गरेको हुनुपर्नेछ । इच्छुक र योग्यता पुगेका आवेदकले www.worldbank.org/careers मार्फत आवेदन पेश गुर्नपर्नेछ । आवेदन पेश गर्ने अन्तिम मिति जेठ ११ गते तोकिएको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment