casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

मूल्य बढेपनि घटेन सुन आयात, एक महिनामै भित्रियो ४ सय केजी

अनलाइनसमय |
१३ कार्तिक २०८२
मूल्य बढेपनि घटेन सुन आयात, एक महिनामै भित्रियो ४ सय केजी

कुल नारायण श्रेष्ठ,
काठमाडौं, १३ कात्तिक । सुनको मूल्य ऐतिहासिक उचाइमा पुगे पनि नेपालमा सुन आयात घटेको छैन, बरु तीव्र रूपमा बढेको छ । परम्परागत लगानीका लागि तुलनात्मक रूपमा सुरक्षित मानिने सुनप्रति उपभोक्ताको आकर्षण बढेसँगै चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो तीन महिना १० अर्ब रुपैयाँभन्दा बढीको भित्रिएको छ ।

भन्सार विभागका अनुसार गत असोज मसान्तसम्ममा १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ६०१ किलोग्राम (केजी) सुन भित्रिएको छ, जुन परिमाणका आधारमा गत आवको यसै अवधिको तुलनामा ५ गुणा बढी हो । २०८१ को असोजसम्ममा १ अर्ब ४ करोड ३२ लाख रुपैयाँ बराबरको एक सय केजी (१००,१५५ ग्राम) सुन आयात भएको थियो ।

सरकारले आवको पहिलो तीन महिनामा सुन आयातबाट १ अर्ब २ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

असोजमै भित्रियो ४ सय केजी
गत असोज महिनामा मात्र ७ अर्ब १२ करोड ३२ लाख रुपैयाँ बराबरको ४ सय केजी सुन भित्रिएको छ, जुन परिमाणका हिसाबले भदौसम्मको तुलनामा दोब्बर हो । गत भदौसम्ममा ३ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बराबरको २ सय केजी सुन आयात भएको थियो । चालू आवको तीन महिनामा सुन आयातको औसत मासिक वृदिदर ४५ दशमलव १ प्रतिशत रहेको छ ।

मूल्यमा ऐतिहासिक ‘रेकर्ड’
गत असोज ३१ गतेसम्म आइपुग्दा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन प्रति तोला सुनको मूल्य दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन नेपालमा हालसम्मकै सबैभन्दा उच्च दर हो ।

२०८२ को भदौ ३१ गते सुनको मूल्य तोलामा दुई लाख १७ हजार एक सय रुपैयाँ थियो । त्यसको एक महिनामै मूल्य ४० हजार ९ सय रुपैयाँले बढेको देखिन्छ ।

अन्तरराष्ट्रिय बजारमै सुनको मूल्य बढ्दै गएको कारण नेपालमा पनि त्यसको प्रभाव परेको विज्ञहरू बताउँछन् । शेयर बजारमा कम उत्साह, घरजग्गा कारोबारमा बढ्दो जोखिम, घट्दो बैंकको निक्षेप ब्याजदर र वैदेशिक मुद्राको उतारचढावबीच लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित हुँदै गएका छन् ।

सिजन अनुसार सुन आयातको मात्रा घटबढ हुन सक्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता किरण पण्डितको भनाइ छ । ‘सुनचाँदी व्यवसायी जस्ता संस्थाहरूको आकलन, मूल्य निर्धारण र बजारको माग अनुसार सुन ल्याइन्छ,’ उनले भने, ‘सिजन अनुसार अहिले चाडपर्वले पनि अलि बढि आयात भएको देखिन्छ ।’

नेपालमा वाणिज्य बैंकहरूलाई मात्र सुन आयात गर्ने अनुमति छ । बैंकहरूले आयात गरेको उक्त सुन व्यवसायीले खरिद गरी गरगहना उत्पादन र बिक्रीका लागि प्रयोग गर्छन् ।

राष्ट्र बैंकले गत असोज २४ गते एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा बढाएको थियो । सो संशोधनसँगै विदेशी विनिमय कारोबार गर्ने बैंक र वित्तीय संस्थाले अहिले दैनिक २५ केजीसम्म सुन आयात गर्न सक्नेछन् ।

‘बजारको माग, लगानीकर्ता र सबै सरोकारवालाको परामर्शमा सुन आयातको कोटा बढाइएको हो, यसले सुन ल्याउन सहज हुने विश्वास गरिएको छ,’ प्रवक्ता पण्डितले भने, ‘बजारमा माग घट्यो भने कोटा स्थिर नै हुन्छ, तर सुन धेरै मात्रामा आउन थाल्यो भने घटाउनु पर्ने हुन सक्छ ।’

लगानीका विभिन्न क्षेत्रहरूमा अनिश्चितता बढेसँगै धेरै लगानीकर्ता र व्यवसायीहरू सुनतर्फ केन्द्रित भएका छन् । यद्यपि दीर्घकालीन रूपमा यस्तो निर्भरता बाह्य बजार र भुक्तानी सन्तुलनमा चुनौती पनि बन्न सक्ने विज्ञहरू बताउँछन् ।

शेयर बजारलगायत क्षेत्रमा बढ्दो जोखिमका कारण लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित हुँदै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले बताए । ‘अहिलेको आर्थिक परिवेशमा सुनलाई सुरक्षित लगानीको माध्यमका रूपमा हेर्ने प्रवृत्ति तीव्र बढिरहेको छ, शेयर बजारमा अनिश्चितता, घरजग्गा कारोबारमा जोखिम र बैंकमा घट्दो ब्याजदरका कारण धेरै लगानीकर्ताहरू पैसा सुरक्षित राख्ने विकल्पका रूपमा सुनतर्फ आकर्षित भएकाले मूल्य बढे पनि माग बढेको देखिन्छ,’ उनले भने, ‘पहिले गरगहना, चाडपर्व, विवाह तथा सामाजिक प्रयोजनका लागि सुनको माग बढी हुन्थ्यो, अहिले लगानीका लागि बढि खरीद भइरहेको छ ।’

यद्यपि कात्तिक महिना सुरु भएसँगै सुनको मूल्य घट्दै गएको देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक २ गते प्रति तोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन ३ गत ३०० रुपैयाँले बढेको थियो । त्यसयता लगातार घट्दो छ । आज (कात्तिक १३ गते) तोलामा २ लाख ३६ हजार ३ सय रुपैयाँमा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun