• ताजा समाचार, समाज

    आयोगको ध्यानाकर्षण: शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्नु

     118 Views
    आयोगको ध्यानाकर्षण: शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्नु

    काठमाडौं, ३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । बिहीबार आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै बुधबार भृकुटीमण्डपमा अपांगता भएकाहरुको प्रदर्शनका क्रममा भएको घटनाको विरोध जनाएको हो ।

    आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकार बिच यस अघि भएका सम्झौताहरुको कार्यान्वयनमा जोड दिन, घाइतेहरुको निःशुल्क र प्रभावकारी उपचार गर्न एवम् शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान र संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।

    आयोगले रत्नपार्कको शान्तिवाटिकाबाट पर्यटन बोर्ड हुँदै माइतीघरसम्म पूर्वयोजना अनुरुप अपाङ्गता भएका व्यक्तिहरुको समूहले गरेको प्रदर्शनको अनुगमन समेत गरेको जनाएको छ ।

    अनुगमनमा उक्त क्षेत्रको सवारी आवागमन अबरुद्ध भएको, सडकको दुई लेनमा प्रदर्शन गरी बाँकी भागमा सवारी आवागमन गराउन खोज्दा विवाद भएको, यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि लछारपछार गर्दै कुटपिट गरेको आयोगले जनाएको छ ।

    अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका सम्बन्धमा बनेका कानुनहरु र यस अगाडि भएका सम्झौताहरुको कार्यान्वयनको माग गर्दै अपांगता भएका व्यक्तिहरुले प्रदर्शन गरेका थिए । प्रदर्शन गर्ने २० जनालाई प्रहरीले गर्दै पक्राउ गरेको थियो ।

    यसमा तपाइको मत

    Facebook Comment