• अर्थ, ताजा समाचार

    तेस्रो त्रैमाससम्ममा नेपाल टेलिकमको खुद नाफा साढे ५ अर्ब भन्दा धेरै

     155 Views
    तेस्रो त्रैमाससम्ममा नेपाल टेलिकमको खुद नाफा साढे ५ अर्ब भन्दा धेरै

    काठमाडौं, ३१ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष सोही अवधिको तुलनामा ३.३५ प्रतिशतले धेरै हो । गत आवको तेस्रो त्रैमास अवधिसम्ममा ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २५ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । जुन गत आवको तुलनामा ६.८० प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको सञ्चालन आम्दानी २७ अर्ब ३४ करोड रुपैयाँ थियो ।

    तेस्रो त्रैमाससम्ममा कम्पनीको वित्तीय आम्दानी ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ । यस्तै अन्य श्रोतबाट हुने आम्दानी भने १६ करोड ११ लाखबाट बढेर ५३ करोड पुगेको छ ।

    हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । साथै तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने ५१२ रुपैयाँ ९९ पैसा रहेको छ ।

     

    यसमा तपाइको मत

    Facebook Comment