• ताजा समाचार, विश्व

    दिल्लीका मुख्यमन्त्रीलाई अन्तरिम जमानतमा रिहा गर्न सर्वाेच्चको आदेश, चुनाव प्रचार गर्न पाउने

     92 Views
    दिल्लीका मुख्यमन्त्रीलाई अन्तरिम जमानतमा रिहा गर्न सर्वाेच्चको आदेश, चुनाव प्रचार गर्न पाउने

    काठमाडौं, २८ वैशाख । भारतको सर्वाेच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ । भ्रष्टाचार आरोपमा पक्राउ परेका केजरीवाललाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो । तर, उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ ।

    मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी (आप)का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा बन्द छन् । भारतमा जारी लोक सभाको चुनाव अगाडि केजरीवाल पक्राउ परेका थिए ।

    सात चरणमा भइरहेको लोक सभाको चुनाव आगामी जुन एक तारिखमा सकिन्छ । त्यही चुनावको प्रचारमा सहभागी हुन उनलाई अदालतले अनुमति दिएको हो । जेलमुक्त भए पनि उनलाई कार्यालयमा गएर काम गर्न भने अनुमति दिइएको छैन ।

    भारतमा लोक सभाको सात चरणको चुनावमध्ये तीन चरणको चुनाव सकिइसकेको छ । नयाँदिल्लीमा यही मे २५ तारिखमा चुनाव छ ।

    न्यायाधिश सन्जीव खन्नाले पाँच वर्षमा एकपटक हुने चुनावमा भोट हाल्न पाउनु र चुनाव प्रचार गर्न पाउनु मौलिक अधिकार भएको भन्दै केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएका थिए ।

    यसमा तपाइको मत

    Facebook Comment