काठमाडौं, १३ चैत । नेपाल बीमा प्राधिकरणले कृषि बीमालेख बिक्री नरोक्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
कृषि बीमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बीमा कम्पनीहरूले बीमालेख बिक्री नगर्ने जनाएपछि प्राधिकरणले निर्देशन उक्त निर्देशन दिएको हो ।
प्राधिकरणद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ‘कृषि तथा पशुपन्छी बीमा व्यवसायलाई भरपर्दो र विश्वसनीय बनाउने तथा नेपाल सरकारबाट प्राप्त हुन बाँकी अनुदान रकम यथाशीघ्र उपलब्ध गराउने विषयमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग बारम्बार समन्वय तथा पहल भइरहेको र निकट भविष्यमा रकम प्राप्त हुने नै हुँदा तत्काल उक्त विज्ञप्ति फिर्ता लिई कृषि तथा पशुपन्छी बिमा व्यवसाय तथा दाबी भुक्तानी सुचारु गर्न निर्देशानुसार आग्रह गरिएको छ ।’