casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Nine Casino France

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अलार्म थिचेर फेरि सुत्नुहुन्छ ?

अनलाइनसमय |
१७ जेठ २०८२
अलार्म थिचेर फेरि सुत्नुहुन्छ ?

काठमाडौं, १७ जेठ । जब बिहान अलार्म (स्नूज)को आवाजले अचानक उठाउँछ, धेरैलाई अलार्म थिचेर फेरि केही मिनेट सुत्न मन लाग्छ । हामीलाई आजभोलि ‘अझै पाँच मिनेट समय छ’ भन्नु बिहानको आदत नै भइसकेको छ । तर, अलार्म बजे पनि ‘अझै पाँच मिनेट’ भन्दै सुत्ने बानीले तपाईंको महिनामा घण्टौंको निद्रा गुम्ने अध्ययनले बताएको छ ।

अलार्म बारम्बार थिच्ने बानीले बिहानको समय खेर गइरहेको छ कि छैन भन्नेबारे धेरैले सोचेका समेत हुँदैनन् । तर यसबाट कति समय गुमिरहेको छ भन्ने सुन्दा आश्चर्य नै लाग्न सक्छ ।

बारम्बार अलार्म थिच्दा निद्रा कम हुने विज्ञ बताउँछन् । ब्रिघाम एन्ड वुमेन्स अस्पतालकी निद्राविज्ञ डा. रेबेका रोबिन्स भन्छिन्, ‘पहिलो अलार्मले हाम्रो गहिरो निद्रालाई बिथोल्न सक्छ । त्यसपछि अलार्म थिचेर फेरि सुतेपछिको निद्रा गुणस्तरहीन र कमजोर हुन्छ ।’

रोबिन्सको सहलेखमा गरिएको अध्ययनमा भनिएको छ, ‘औसत मानिसले पहिलो अलार्मपछि ११ मिनेट बढी सुत्छन्, जुन महिनामा एक रात बराबर निद्रा गुमाउनु हो ।’ यो अध्ययन स्लीपसाइकल एपमार्फत गरिएको थियो ।

हामी सुतिरहँदा मस्तिष्कले विभिन्न चरणमा काम गर्छ । रातको दोस्रो भाग विशेषगरी ‘र्‍यापिड आई मुभमेन्ट’ (आरईएम) निद्राले भरिएको हुन्छ । यही चरणमा अधिकांश सपना देख्ने गरिन्छ । डा. रोबिन्सका अनुसार आरईएम निद्रा हाम्रो सोच्ने क्षमता र स्मरणशक्तिको विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ । यो समयमा अलार्म बटन थिचेपछि त्यो चरणमा पुनः फर्कन असम्भव जस्तै हुन्छ ।

तर यस विषयमा फरक धारणा राख्ने विज्ञहरू पनि छन् । सबैका लागि यो खराब नहुने विशेषज्ञ बताउँछन् । नर्थवेस्टर्न मेडिसिनका डा. जस्टिन फिआला भन्छन्, ‘बारम्बार अलार्म थिचेर सुत्दा कहिलेकाहीँ हल्का निद्राले फाइदा पु¥याउन सक्छ ।’ उनका अनुसार जसको शरीर राति ढिलो सुत्ने प्रवृत्तिको हुन्छ र बिहान धेरै छिटो उठ्नुपर्ने हुन्छ । उनीहरूका लागि अलार्मले गहिरो निद्राबाट बिस्तारै उठ्न सहयोग गर्छ ।

‘यदि तपाईंको शरीर रातिको समयमा सक्रिय रहने प्रकारको हो तर तपाईंको अफिस बिहान ५ बजे सुरु हुन्छ भने त्यो असंगति निद्रामा असर गर्छ,’ फिआलाले भने, ‘यस्ता व्यक्तिहरूका लागि स्नूजपछिको हल्का निद्राले गहिरो निद्राबाट बिस्तारै बाहिर आउन सघाउँछ ।’ तर फिआलाले यो प्रभावको सीमा र असरलाई अझ राम्रोसँग बुझ्न थप अनुसन्धान आवश्यक भएको पनि बताए ।

नियमितता नै मूल मन्त्र

निद्रा विज्ञहरूका अनुसार दैनिक ७ देखि ९ घण्टा निद्रा आवश्यक हुन्छ, जुन समय मात्र नभई नियमितता पनि अत्यावश्यक छ । वाशिङ्टन स्टेट युनिभर्सिटीकी डा. किम्बरली होनका अनुसार नियमित सुत्ने समयले शरीरलाई निद्राका चरणहरूमा स्थिरता ल्याउन मद्दत गर्छ ।

डा. किम्बरली होनका अनुसार निद्राको गहिरो चरणमा मस्तिष्कका विद्युतीय क्रियाकलाप एकदमै लयबद्ध तरिकाले चल्छन्, जुन हाम्रो जाग्रत अवस्थामा हुने अनियमित गतिविधिभन्दा फरक हुन्छ । यस्तो गहिरो निद्रामा उठ्ने प्रयास गर्दा मस्तिष्कले गरिरहेको महत्वपूर्ण काम अधुरो हुन्छ । त्यसको असरले हामी उठ्दा अल्मलिएको महसुस गर्न सक्छौं, जुन केही मिनेटदेखि घण्टासम्म पनि रहन सक्छ ।

तर यदि नियमित रूपमा उही समयमा सुत्ने र उठ्ने हाम्रो बानी छ भने शरीरलाई निद्राका विभिन्न चरण पार गर्ने तरिका थाहा भइसक्छ । यसले गर्दा हामी निद्राबाट सजिलै ब्युँझन सक्छौं । राति पनि छिटो निद्रामा जान सकिन्छ । समय मिलाएर सुत्नुले निद्रा पनि राम्रो बनाउनुका साथै बिहान उठ्दा अलमलिने समस्या घट्छ ।

डा. रोबिन्सले भने, ‘सबैकुरा ठीक भए हामीलाई अलार्म क्लकमा भर पर्नै पर्दैनथ्यो । हामी आफैं स्वाभाविक रूपमा सुत्न र ब्युँझन सक्थ्यौं र दिनभरि ऊर्जावान् महसुस गथ्र्यौं ।’

यसैगरी डा. फिआला सामान्यतया निद्रा समय हप्तामा ३० मिनेटभन्दा बढी फरक नहुने गरी राख्न सल्लाह दिन्छन् । उनले भनेका छन्, ‘तपाईंलाई निद्रा तालिका परिवर्तन गर्नुछ भने त्यो बिस्तारै क्रमिक रूपमा गर्नुहोस् ।’

कसरी हटाउन सकिन्छ स्नूज बटन थिच्ने बानी ?

अलार्म बारम्बार थिच्न छोड्न खोज्नेले आफ्नो बिहानको समय तालिका सुधार्नुपर्छ । डा. रोबिन्स आफ्नो बिहानको दिनचर्यामा थप समय सीमा राख्न पहिलो अलार्म सकेसम्म ढिलो सेट गर्न सुझाव दिन्छिन् । उनी भन्छिन्, ‘पहिलो अलार्म सकेसम्म ढिलो राख्नुहोस् र बिहानको तयारीलाई छिटो बनाउन प्रयास गर्नुहोस् ।’

अलार्म थिचेर थप सुत्ने समयलाई अन्य अत्यावश्यक तथा सृजनात्मक काममा प्रयोग गर्न सकिन्छ । उनी भन्छिन्, ‘हामी प्रायः सुत्न जाने र निद्रा सुधार्ने तरिकाबारे बोल्छौं, तर बिहान उठ्ने तयारी पनि उत्तिकै महत्वपूर्ण छ । बिहानको राम्रो नियमले दिन राम्रो बनाउन मद्दत गर्छ ।’

डा. रोबिन्सको अध्ययनमा सबैभन्दा धेरै स्नूज गर्नेहरूले पहिलो अलार्मपछि करिब २२ देखि २७ मिनेट थप सुत्ने गरेको देखिएको थियो, जुन समयमा शारीरिक अभ्यास, लेखन वा खाजानास्ता बनाउने जस्ता काममा प्रयोग गर्न सकिन्थ्यो ।

वााशिङ्टन स्टेट युनिभर्सिटीकी किम्बरली होनले थपिन्, ‘अलार्मलार्ई सूर्य उदाउने समयअनुसार मिलाउन र बिहानको प्राकृतिक प्रकाशलाई झ्यालबाट भित्र आउन दिनुले पनि शरीरलाई ब्युँझन संकेत दिन सक्छ ।’

‘नियमित र पर्याप्त निद्रा, बिहानको जागरुक र स्वस्थ शुरुआत– यी दुई कुरा मिलेर तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो परिवर्तन ल्याउन सक्छ । त्यसैले अबको बिहानबाट स्नूज बटनभन्दा घामको किरणलाई ‘अलार्म’ बनाउने प्रयास गर्नुहोस्,’ होनले भनिन् । – ऐजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun