casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन अस्पतालहरूलाई मन्त्रालयको अपिल

अनलाइनसमय |
१२ साउन २०८३
स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन अस्पतालहरूलाई मन्त्रालयको अपिल

काठमाडौं, १२ साउन । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई अपिल गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर दोषीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढिरहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो ।
स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयको भनाइ छ ।

विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुव्र्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा नेपाल चिकित्सक संघले मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।

संघले सोमबारे विज्ञप्ति जारी गरेर साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न माग गरेको छ ।

संघका अनुसार घटनाको विषयमा जिल्ला प्रशासन कार्यालय, पर्सामा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी परिचालन गरी नेपाल चिकित्सक संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य तथा नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुव्र्यवहार गरिएको थियो । संघले उक्त घटनाको घोर भत्र्सना गर्दै चिकित्सकमाथि दुव्र्यवहार गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न माग गरेको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दमनको विरोधस्वरूप संघले साउन १२ गते मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको जनाएको छ । आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने संघले जनाएको छ । साथै आन्दोलनबाट बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी सरकारको हुने संघको दाबी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun