casino non aams

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

अमेरिकामा रगतको चरम अभाव, इतिहासकै दोस्रो ठूलो संकट घोषणा

अनलाइनसमय |
१४ साउन २०८३
अमेरिकामा रगतको चरम अभाव, इतिहासकै दोस्रो ठूलो संकट घोषणा

काठमाडौं, १४ साउन । अमेरिकामा रगतको मौज्दात इतिहासकै दोस्रो ठूलो संकटपूर्ण अवस्थामा पुगेको छ । अमेरिकी रेडक्रसका अनुसार १५० वर्षभन्दा लामो इतिहासमा रगतको स्तर यति न्यून बिन्दुमा झरेको यो दोस्रो पटक हो । अमेरिकी रेडक्रसले यसअघि पहिलो पटक सन् २०२२ को जनवरीमा कोभिड महामारी र अत्यधिक जाडो मौसमका बेला रगतको पहिलो संकट घोषणा गरेको थियो ।

अत्यधिक गर्मी, जंगलको डढेलो र खाद्यजन्य महामारी जस्ता विभिन्न प्राकृतिक तथा वातावरणीय कारकहरू एकैपटक दोहोरिँदा यो अवस्था सिर्जना भएको रेडक्रसका प्रतिनिधि डा. कोर्टनी लरेन्सले जानकारी दिएकी छन् ।

गत महिना मात्रै रगतको आपूर्ति २५ प्रतिशतले घटेको छ भने अस्पतालहरूमा रगतको माग बढी हुने गर्मी मौसममै यो संकट आएको छ । गर्मी याममा बाहिरी गतिविधि र सवारी दुर्घटना बढ्ने भएकाले रगत ट्रान्सफ्युजन आवश्यक पर्ने चोटपटकका घटनाहरू धेरै हुने लरेन्सले स्पष्ट पारिन् ।

अमेरिकाको कुल मागको करिब ४० प्रतिशत आपूर्ति गर्ने सबैभन्दा ठूलो संस्था अमेरिकी रेडक्रसले हाल वर्षको यो समयमा सामान्यभन्दा दैनिक ३ हजार ५०० युनिट बढी रगत वितरण गरिरहेको छ, जसले गर्दा आफ्नो मौज्दात अत्यन्तै न्यून बिन्दुमा पुगेको रेडक्रसले जनाएको छ ।

‘रगतको आयु सीमित (अधिकतम ४२ दिन) हुने र यसका कोषहरू समयक्रमसँगै नष्ट हुने भएकाले यसलाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिँदैन,’ डा. लरेन्सले भनिन्, ‘जसका कारण अहिले मौज्दात अत्यन्तै न्यून बिन्दुमा पुगेको छ ।’

अहिले सबै ‘ब्लड ग्रुप’को रगत आवश्यक भए पनि विशेषगरी ‘ओ पोजेटिभ’ को अभाव अत्यधिक छ । केही अस्पतालहरू रेडक्रससँग गरेको कुराकानी अनुसार यो संकटका कारण नियमित शल्यक्रियाहरू प्रभावित हुनसक्ने र आपत्कालीन बिरामीहरूलाई सहयोग गर्न पर्याप्त रगत नभएमा उनीहरूलाई अन्य ट्रमा सेन्टरमा पठाउनेबारे समेत सोचिरहेको लरेन्सले बताएकी छन् । उनले धेरै कारणहरू एकैपटक थपिँदा मौज्दातको अभाव संकटको स्तरसम्म पुगेको बताइन् ।

गर्मीमा अमेरिकामा बढेको उच्च तापमानका कारण मानिसहरू घरबाहिर निस्कन छाडेका छन् भने रक्तदान शिविर सञ्चालन गर्न खोजिएका कतिपय स्थानहरूमा सुरक्षित र अनुकूल वातावरण कायम राख्न नसकिएका कारण कार्यक्रमहरू प्रभावित भएका छन् ।

क्यानाडामा पनि रगतको आपूर्ति घट्दै
यसैबीच, क्यानाडामा पनि जुन महिनाको सुरुदेखि रगतको आपूर्ति करिब २० प्रतिशतले घटेको ‘क्यानेडियन ब्लड सर्भिसेज’ले जनाएको छ । विगत छ हप्तामा रक्तदानका लागि नाम दर्ता गराउनेको संख्या सातामा १ हजार ५०० देखि २ हजार ५०० सम्मले घटिरहेको र बिरामीको आवश्यकता पूरा गर्न मौज्दात रगत प्रयोग गर्नुपरिरहेको संस्थाले बताएको छ ।

अमेरिकामा जस्तै क्यानाडामा भने रक्तदान घट्नुको स्पष्ट कारण पत्ता लाग्न सकेको छैन । गर्मी मौसममा रक्तदानमा केही कमी आउनु सामान्य मानिए तापनि यस वर्षको गिरावट अपेक्षाभन्दा धेरै रहेको भन्दै यदि यो स्थितिमा सुधार आएन भने बिरामीको उपचार प्रणाली नै धान्न धौ–धौ पर्ने क्यानेडियन ब्लड सर्भिसेजले चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

Check out — tower rush real money game for online gambling fun