२.८१ अङ्कले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार

अनलाइनसमय |
२० चैत २०८१
२.८१ अङ्कले बढ्यो नेप्से, करिब ८ अर्बको कारोबार

काठमाडौं, १ फागुन । यस साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ दशमलव ८१ अङ्कले बढेको छ । यो वृद्धिसँगै परिसूचक २ हजार ७ सय २ दशमलव ८६ को विन्दुमा बन्द भएको छ ।

आज कारोबार रकममा पनि केही सुधार देखिएको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १ करोड ५५ लाख २ हजार ९९८ कित्ता शेयर ६९ हजार ८९ पटक पटक किनबेच भएको छ ।

बिहीबार ३२४ धितोपत्र कारोबारमा आए, जसमध्ये १५१ धितोपत्रको मूल्य घटेको छ भने ९३ धितोपत्रको मूल्य बढेको छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घट्दा ३ समूहको उपसूचक बढेको छ । अन्य समूहको उपसूचक सर्वाधिक १.२९ प्रतिशत, बैंकिङ समूहको १.१० र निर्जीवन बीमा समूहको उपसूचक ०.६४ प्रतिशतले बढेको छ ।

यस दिन व्यापार समूहको उपसूचक सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ । त्यस्तै फाइनान्सको १.५७, उत्पादनमुलक समूहको ०.८७, जीवन बीमाको ०.७७, माइक्रोफाइनान्सको ०.३७, विकास बैंकको ०.२२, होटल एन्ड टुरिजमको ०.१९, म्युचुअल फन्डको ०.११ र लगानी समूहको उपसूचक ०.०५ प्रतिशतले घटेको छ ।

बिहीबार ग्रीन भेन्चर्स लिमिटेडको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै सुपर मादी हाइड्रोपावरको ६.०९, राधी विद्युत कम्पनीको ५.२१, एनएलजी इन्स्योरेन्सको ४.२८ र युनिभर्सल पावर कम्पनीको ३.०४ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै ७.८५ प्रतिशतले घटेको छ । वीन नेपाल लघुवित्तको ६.१३, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१२, बोतलर्स नेपाल (बालाजु) लिमिटेडको ५.८७ र कुमारी सबल योजनाको ५.७१ प्रतिशतले शेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा हिमालयन रि–इन्स्योरेन्स, नेपाल रि–इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर लिमिटेड र राधी विद्युत कम्पनी क्रमशः अगाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस