काठमाडौं, १३ मंसिर । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुनको मूल्य तोलामा २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर ३ हजार २१५रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा ३ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।