आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

अनलाइनसमय |
१३ मंसिर २०८३
आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १३ मंसिर । आजदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम अघि बढाउन आजदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडकमा आवागमन बन्द गरेको जनाएको हो ।

सूचनाअनुसार मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उक्त सडकखण्डमा चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ ।

पहिरो नियन्त्रणका क्रममा उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

नारायणगढ–मुग्लिन खण्ड बन्द रहे पनि काठमाडौँदेखि मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा चल्ने सवारीसाधनको आवागमन भने नियमित रूपमै सुचारु रहने प्रशासनले जनाएको छ । प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई सोही समयतालिका अनुसार आफ्नो यात्राको योजना बनाउन अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस