फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु

अनलाइनसमय |
१७ कार्तिक २०८३
फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु

काठमाडौं, १७ कात्तिक । सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका हुन् ।

खुम्बु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा भएको दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेलाई माउन्टेन हेलिकोप्टरमार्फत उपचारका लागि पठाइएको स्थानीयले बताएका छन् ।

सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा मृत्यु हुने व्यक्ति विदेशी नागरिक हुन् । उनको शव प्रभु हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस