काठमाडौं, २९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ ।
सोमबार झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीले उनलाई रोकेको थियो । त्यस क्रममा प्रसाईंका समर्थक र प्रहरीबीच विवाद हुँदै धकेलाधकेल भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए ।
प्रहरीका अनुसार घटनामा प्रहरीसँग मुठभेड गर्ने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गुल्मीको मुसिकोट नगरपालिका–१ का तेजेन्द्र रायमाझी रहेका छन् ।
घटनापछि विमानस्थल क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो ।