काठमाडौं, २९ भदौ । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल थालेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यसँग छलफल भइरहेको हो ।
छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा देखिएको अवस्था, तत्कालीन आवश्यकता, उद्धार तथा राहतको स्थिति र आगामी पुनर्निर्माण तथा पुनरुत्थानका योजनाबारे समीक्षा भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।