काठमाडौं, २१ भदौ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले यही भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा भदौ २५ गतेसम्म र मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म खुला हुनेनेछ ।
आईपीओको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ दिएको छ ।
सोलुखुम्बुमा १९ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले आईपीओबाट प्राप्त रकम बैंक ऋण भुक्तानीमा उपयोग गर्ने जनाएको छ ।