सुरुङबाट उद्धार गर्न सहायता आवश्यक परेपछि चीन र भारतबाट विशेषज्ञ बोलायौं : परराष्ट्रमन्त्री

अनलाइनसमय |
१४ भदौ २०८३
सुरुङबाट उद्धार गर्न सहायता आवश्यक परेपछि चीन र भारतबाट विशेषज्ञ बोलायौं : परराष्ट्रमन्त्री

काठमाडौं, १४ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् । त्यहाँ स्वदेशी जनशक्तिले मात्रै सम्भव नभएपछि चिनियाँ र भारतीय विशेषज्ञ बोलाइएको मन्त्री खनालले बताएका हुन् ।

‘आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ’, आइतबार बाढी प्रभावित क्षेत्र पुगेका मन्त्री खनालले भने ।

उनले विदेशी मित्र राष्ट्रहरूबाट सहयोगको प्रतिबद्धता आइरहेको पनि बताए । उनले भने, ‘हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन् । आवश्यकताअनुसार सहयोग लिन्छौँ ।’ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस