५० टन राहत सामग्रीसहित चिनियाँ उद्धार टोली काठमाडौंमा

अनलाइनसमय |
१४ भदौ २०८३
५० टन राहत सामग्रीसहित चिनियाँ उद्धार टोली काठमाडौंमा

काठमाडौं, १४ भदौ । चीनले नेपाललाई उपलब्ध गराएको ५० टन आपत्कालीन राहत सामग्री बोकेका चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई– २० ठूला मालवाहक विमान आइतबार बिहान काठमाडौं आइपुगेका छन् ।

बिहान करिब ७ बजे चीनको छेन्दु श्वाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुवै विमान करिब तीन घण्टाको उडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार, विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन् ।

दूतावासका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त सामग्री हस्तान्तरण गरिएको छ । राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो । सो अवसरमा उनीहरूले नेपाल आइपुगेका चिनियाँ उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस