नेपालको सर्वाधिक बिक्री हुने लक्जरी ईभी दिपल एस०५ म्याक्स नाडा अटो शोमा ६१.४९ लाखदेखि उपलब्ध

अनलाइनसमय |
१० भदौ २०८३
नेपालको सर्वाधिक बिक्री हुने लक्जरी ईभी दिपल एस०५ म्याक्स नाडा अटो शोमा ६१.४९ लाखदेखि उपलब्ध

काठमाडौं, १० भदौ । नेपालका लागि लक्जरी तथा इन्टेलिजेन्ट दिपल ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्प प्रा.लि.ले नाडा अटो शो २०२६ को अवसरमा दिपल एस०५ म्याक्स भेरियन्टका लागिविशेष मूल्य घोषणा गरेको छ । सो अवधिका लािग लक्जरी ईभीको मूल्य ६१ लाख ४९ हजार तोकेको छ ।

नेपालमा सार्वजनिक भएदेखि नै दिपल एस०५ ले प्रिमियम विद्युतीय सवारी बजारमा बलियो उपस्थिति स्थापित गरेको छ । यसको विशिष्ट डिजाइन, परिष्कृत इन्टेरियर, इन्टेलिजेन्ट फिचर तथा आरामदायी ड्राइभिङ अनुभवले आधुनिक लक्जरी ईभी खोज्ने ग्राहकहरूमाझ यसलाई रोजाइको मोडल बनाएको छ ।

दिपल एस०५ म्याक्सले लक्जरी, स्टाइल र इन्टेलिजेन्ट टेक्नोलोजीको उत्कृष्ट सन्तुलन प्रस्तुत गर्छ। यसको आकर्षक बाहिरी डिजाइनमा सफा र भविष्यवादी प्रोफाइल तथा फ्रेमलेस ढोका हरू समावेश छन् । त्यस्तै, यसको प्रिमियम क्याबिनले प्रत्येक यात्रालाई आरामदायी र परिष्कृत बनाउँछ । रिमोट स्मार्ट इन्ट¥याक्सन अर्बिट (आरएसआईओ), एआर हेड–अप डिस्प्ले र इन्टेलिजेन्ट क्विन को–पाइलट सिटजस्ता अत्याधुनिक प्रविधिले दैनिक ड्राइभिङलाई अझ सुविधाजनक, सहज र आनन्ददायी बनाउँछन् ।

यी विशेषताहरूको संयोजनले एस०५ म्याक्सलाई प्रिमियम आराम, आकर्षक व्यक्तित्व र प्रविधिमैत्री चरित्र भएको विशिष्ट इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ ।

नाडा अटो शोका लागि घोषणा गरिएको विशेष मूल्यले प्रिमियम इलेक्ट्रिक एसयूभीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि दिपल एस०५ म्याक्सलाई अझ आकर्षक विकल्प बनाएको छ। लक्जरी, इन्टेलिजेन्ट टेक्नोलोजी, विशिष्ट डिजाइन र दैनिक प्रयोगमा आवश्यक व्यावहारिकताको संयोजनसहित एस०५ म्याक्सले नेपालको तीव्र रूपमा विस्तार भइरहेको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस