बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

अनलाइनसमय |
८ भदौ २०८३
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं, ८ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे विश्वासको मत लिँदै छन् ।

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा ६३ सदस्यसहितको समर्थनमा थापा भदौ ४ गते मुख्यमन्त्री भएका थिए । तर राप्रपाले आफ्ना प्रदेश सभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेश सभा सदस्यबाट कारबाही गरेर अरु ३ प्रदेश सभा सदस्यलाई पनि कारबाहीको प्रक्रिया अगाडि बढाएपछि मुख्यमन्त्रीलाई संकट परेको छ ।

उनीसँग एमालेको २५ र नेपाली कम्युनिष्ट पार्टीको २६ सदस्य मात्रै छ । राप्रपाले निर्वाचनमा मत नदिन ह्विप जारी गरेको छ ।

आजको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने, त्यसमाथि दलहरूले छलफल गर्ने छन् ।

प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३६ सांसदले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । ११० सदस्यीय बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन् । मुख्यमन्त्रीलाई ५३ मत आवश्यक छ ।

बागमती प्रदेशमा हाल नेपाली कांग्रेसको ३६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस