साउनमा २.२६ खर्बको वैदेशिक व्यापार, झण्डै साढे १ खर्बको व्यापार घाटा

अनलाइनसमय |
५ भदौ २०८३
साउनमा २.२६ खर्बको वैदेशिक व्यापार, झण्डै साढे १ खर्बको व्यापार घाटा

काठमाडौं, ७ मंसिर । चालू आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो महिना साउनमा २ खर्बभन्दा बढीको वैदेशिक व्यापार गरेको छ ।

भन्सार विभागले शुक्रबारबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालले चालू आवको साउनमा २ खर्ब २६ अर्ब १४ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ३५ दशमलव ४४ प्रतिशतले बढी हो । गत आवको साउनमा नेपालले १ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँको व्यापार गरेको थियो ।

चालू आवको साउनमा झण्डै साढे १ खर्ब व्यापार घाटा घाटा बेहोरेको छ । सो अवधिमा नेपालले १ खर्ब ४८ अर्ब ७३ रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ, जुन गत आवको साउनको तुलनामा २४ दशमलव ८८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा नेपाल वैदेशिक व्यापारमा १ खर्ब १९ अर्ब १० करोड रुपैयाँको घाटामा थियो ।

साउनमा निर्यात ६१ दशमलव ७२ प्रतिशतले बढेको छ । गत आवको साउनमा २३ अर्ब ९३ करोडको मात्रै निर्यात भएकोमा यस वर्षको सोही महिनामा निर्यात ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

यस्तै, गत आवको साउनको तुलनामा भने यस वर्ष आयात ३१ दशमलव ०४ प्रतिशतले बढेको छ । साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड रुपैया बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा १ खर्ब ४३ करोडको आयात भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस