नेप्सेमा ७.३७ अङ्कको ह्रास, कारोबार रकम भने बढ्यो

अनलाइनसमय |
२९ साउन २०८३
नेप्सेमा ७.३७ अङ्कको ह्रास, कारोबार रकम भने बढ्यो

काठमाडौं, २९ साउन । यस साताको कारोबार अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ दशमलव ३७ अङ्कले घटेको छ । यो ह्राससँगै परिसूचक २ हजार ६४३ दशमलव ८३ को विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दि परिसूचक परिसूचक ८ दशमलव ८१ अङ्कले घटेर २,६५१ को विन्दुमा कायम भएको थियो ।

आज परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार ३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज ४ अर्ब २१ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ९५ लाख ९१ हजार २३ कित्ता शेयर ४२ हजार ७४५ पटक किनबेच भएको छ ।

शुक्रबार ३४४ धितोपत्र कारोबारमा आए, जसमध्ये १६९ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ९८ धितोपत्रको मूल्य बढेको छ भने १० वटा धितोपत्रको मूल्य स्थिर छ ।
आज कारोबार भएका १३ समूहको उपसूचकमध्ये ४ वटा समूहको उपसूचक बढ्दा बाँकी सबै समूहको उपसूचक घटेको छ । व्यापार समूहको उपसूचक सबैभन्दा धेरै २.५७ प्रतिशतले घटेको छ । लगानी समूहको ०.९२, फाइनान्सको ०.७३, निर्जीवन बीमाको ०.४३, उत्पादनमुलक समूहको ०.३८, बैंकिङ र होटल एण्ड टुरिजमको समान ०.३३ प्रतिशतले उपसूचक घटेको छ ।

यस दिन अन्य समूहको उपसूचक सबैभन्दा धेरै ०.४४, माइक्रोफाइनान्सको ०.२८, जीवन बीमाको ०.२७ र म्युचुअल फण्डको ०.२४ प्रतिशतले उपसूचक बढेको छ ।
शुक्रबार माउन्ट एभरेष्ट पावर डिभलपमेन्ट र सर्वाेतम पेन्ट्सको शेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, फ्रस्ट माइक्रोफाइनान्स लघुवित्तको ६.९६, विकास हाइड्रोपावरको ६.८६ र सीवाईसी लघुवित्तको ४.२३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सुपर खुदी हाइड्रोपावरको सबैभन्दा धेरै १२.८३ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै, सिटिजन सहुलियत योजनाको ८.३३, अपर लोहर खोलाको ४.७४ र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.३६ प्रतिशतले शेयर मूल्य घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस