स्वावलम्बन विकास केन्द्रको ३५औँ वार्षिकोत्सव सम्पन्न
अनलाइनसमय |
२८ साउन २०८३
काठमाडौं, २८ साउन । स्वावलम्बन विकास केन्द्रले मिति २०८३ साउन २८ गते ३५औँ वार्षिकोत्सव कार्यक्रम उत्साहका साथ सम्पन्न गरेको छ । पूर्व नेपाल राष्ट्र बैंकका गभर्नर श्री दीपेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले गरेको थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री राजनविक्रम थापा तथा नेपाल माइक्रोफाइनान्स बैंकर्स संघका अध्यक्ष श्री रामबहादुर यादव विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले संस्थाको ३५ वर्षे यात्रा, अनुभव तथा योगदानबारे प्रस्तुत गरेका थिए । उनले स्वावलम्बन विकास केन्द्रले स्थापनाकालदेखि लघुवित्त तथा समावेशी विकासका क्षेत्रमा गर्दै आएको योगदान र आगामी दिनमा संस्थाले लिनुपर्ने दिशाबारे प्रकाश पारेका थिए ।
वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा “उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कार” प्रदान गरिएको थियो । उक्त पुरस्कारबाट नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि., नवलपरासीकी श्री लीला कुमारी थारू, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि., झापाकी श्री शर्मिला थेबे तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि, बाँकेकी श्री सुनिता थारू सम्मानित भएका थिए ।
त्यसैगरी, सदस्यहरूमा उद्यमशीलता प्रवद्र्धन तथा विकासमा उल्लेखनीय योगदान पु¥याएकोमा जीवन विकास लघुवित्त वित्तीय संस्था लि., मोरङलाई “उद्यमशीलता विकास पुरस्कार” प्रदान गरिएको थियो । व्यक्तिगत तथा संस्थागत योगदानको सम्मानले लघुवित्त सेवामार्फत उद्यमशीलता विकास र सदस्यहरूको आर्थिक सशक्तीकरणलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको थियो ।
सोही अवसरमा “पाँचौँ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको कार्यवाही प्रतिवेदन” समेत विमोचन गरिएको थियो । प्रतिवेदनमाथि चमेली बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत श्री भरत साहले टिप्पणी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पुरस्कार प्राप्त व्यक्तिहरू तथा संस्थाका प्रतिनिधिहरूले आफ्ना अनुभव तथा मन्तव्य राख्नुभएको थियो । साथै, विशिष्ट अतिथि तथा प्रमुख अतिथिबाट लघुवित्त क्षेत्रको वर्तमान अवस्था, उपलब्धि तथा आगामी दिशाबारे विचार व्यक्त गरिएको थियो। कार्यक्रम ऋक्म् का कार्यसमिति सदस्य श्री डम्बरबहादुर शाहको धन्यवाद ज्ञापन तथा अध्यक्ष श्री शंकरमान श्रेष्ठको समापन मन्तव्यसँगै सम्पन्न भएको थियो ।
करिब १०० जना अतिथि, लघुवित्त क्षेत्रका प्रतिनिधि, पुरस्कार प्राप्तकर्ता, साझेदार संस्था, शुभेच्छुक तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको वार्षिकोत्सवले स्वावलम्बन विकास केन्द्रको ३५ वर्षे संस्थागत यात्रालाई स्मरण गर्दै उद्यमशीलता, जिम्मेवार लघुवित्त तथा समावेशी विकासप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।