भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौँ’ कार्यक्रम, आवेदन खुला

अनलाइनसमय |
२५ साउन २०८३
भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौँ’ कार्यक्रम, आवेदन खुला

काठमाडौं, २५ साउन । भारतमा अध्ययनरत नेपाली विद्यार्थीलाई लक्षित गर्दै नेपाली राजदूतावास, नयाँ दिल्लीले ‘आफ्नो दूतावास चिनौँः नेपाली विद्यार्थी सम्पर्क कार्यक्रम २०२६’ आयोजना गर्ने भएको छ ।

राजदूतावासले एक सूचना जारी गर्दै दिल्ली एनसीआरबाहेक भारतका विभिन्न राज्य तथा केन्द्र शासित प्रदेशमा रहेका मान्यताप्राप्त विश्वविद्यालय, कलेज, अनुसन्धान संस्था तथा अन्य उच्च शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो ।

विद्यार्थी र दूतावासबीचको सम्पर्कलाई मजबुत बनाउनुका साथै दुई देशबीचको जनस्तरीय सम्बन्ध प्रवद्र्धनमा युवा सहभागिता बढाउन उक्त कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ ।

आधिकारिक विद्यार्थी परिचयपत्र भएका र सार्वजनिक कूटनीति, सामाजिक सेवा वा सांस्कृतिक प्रवद्र्धनमा रुचि राख्ने विद्यार्थीहरूले दूतावासको अनलाइन फारममार्फत १० सेप्टेम्बर २०२६ सम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिएका विद्यार्थीमध्ये छनोट भएकालाई राजदूतावासले इमेल वा टेलिफोनमार्फत अनलाइन (श्ययm) बैठकका लागि आमन्त्रण गर्ने जनाएको छ ।

त्यस्तै, यस कार्यक्रममार्फत बन्ने ‘नेपाल–भारत विद्यार्थी दूत सञ्जाल’ मा सहभागिता पूर्ण रूपमा स्वैच्छिक हुनेछ र यसले कुनै कूटनीतिक वा सरकारी हैसियत प्रदान नगर्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस