आज यी ३१ जिल्लामा बाढीको जोखिम

अनलाइनसमय |
१९ साउन २०८३
आज यी ३१ जिल्लामा बाढीको जोखिम

काठमाडौं, १९ साउन । देशका विभिन्न भागमा भइरहेको वर्षासँगै आज ३१ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी तथा आसपासका क्षेत्रमा बहने साना नदी र खोलामा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।

यस्तै, सप्तकोसी, तमोर, दूधकोसी, तामाकोसी, नारायणी, त्रिशूली, मस्र्याङ्दी, सेती, भेरी, महाकाली र कन्काईलगायतका प्रमुख नदीमा पनि बहाव बढ्ने पूर्वानुमान गरिएको छ ।

महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा सरोकारवालालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस