भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

अनलाइनसमय |
१५ साउन २०८३
भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

काठमाडौं, १५ साउन । सर्लाही जिल्ला सुरक्षा समितिले भारतबाट नेपाल प्रवेश गर्ने सबै यात्रुले अब अनिवार्य रूपमा आधिकारिक परिचयपत्र देखाउनुपर्ने निर्णय गरेको छ ।

जिल्लामा शान्ति सुरक्षा व्यवस्था सुदृढ बनाउने उद्देश्यले सीमा नाकाबाट नेपाल भित्रिने प्रत्येक व्यक्तिलाई परिचय खुल्ने आधिकारिक परिचयपत्र प्रस्तुत गरेपछि मात्र प्रवेश अनुमति दिइने निर्णय गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।

यसैबीच, बिहीबार साँझसम्म जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहे पनि शुक्रबार सदरमुकाम मलंगवामा बजार बन्द गरिएको छ । विभिन्न स्थानमा प्रदर्शन भइरहेको र सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस