काठमाडौं, १३ साउन । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुख यज्ञराज जोशीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहेका शाहीलाई सपथ खुवाएका हुन् ।
मंगलबार एमालेको समर्थनमा शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्छ ।
शाहीलाई नेकपाका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० गरी कुल २४ सांसदको समर्थन छ । चैत २०८० मा नेकपाको समर्थनमा मुख्यमन्त्री बनेका यामलाल कँडेलले राजीनामा दिएपछि शाही मुख्यमन्त्री नियुक्त भएका थिए । सुरुमा नेकपा र त्यसपछि कांग्रेससँगको गठवन्धनबाट कँडेल २ वर्षयता सरकारको नेतृत्वमा थिए ।