काठमाडौं, १३ साउन । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७ दशमलव ७९ अंकले बढेर दुई हजार ६८८ दशमलव ६८ बिन्दुमा कायम भएको हो ।
आज ९७ लाख ७४ हजार ९४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज ७८ धितोपत्रको शेयर मूल्य बढ्दा १८६ को घटेको छ । यस्तै ११ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४३ धितोपत्र कारोबारमा आएका छन् ।
बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ ।
यसदिन व्यापा अन्य शून्य दशमलव ४३ र म्युचुअल फण्ड समूहको उपसूचक शून्य दशमलव ३१ प्रतिशतले बढेको छ ।
यसैगरी निर्जीवन बीमा शून्य दशमलव ५७, फाइनान्स शून्य दशमलव ५७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५५, होटेल तथा पर्यटन शून्य दशमलव ५२, हाइड्रोपावर शून्य दशमलव ३९, बैंकिङ शून्य दशमलव २७, लगानी शून्य दशमलव २३, जीवन बीमा शून्य दशमलव १९, विकास बैंक शून्य दशमलव १७, माइक्रोफाइनान्स शून्य दशमलव ६ र व्यापार समूहको उपसूचक शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।
आज एभरेष्ट कलरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि स्नो रिभर्स ४ दशमलव ९, नबिल ब्यालेन्स फण्ड (३) ३ दशमलव ९१, खानी खोला हाइड्रोपावर ३ दशमलव ६२ र मिहालयन पावर पार्टनरको शेयर मूल्य ३ दशमलव ३५ प्रतिशतले बढेको छ ।
यसदिन गरिमा समृद्धि योजना ६ दशमलव ६, मात्रृभुमी लघुवित्त ४ दशमलव ९६ र कर्पोरेट डेभलवमेन्ट बैंकको शेयर मूल्य ४ दशमलव ४२ प्रतिशतले घटेको छ ।