आज सुनको मूल्य घट्दा चाँदीको बढ्यो

अनलाइनसमय |
१३ साउन २०८३
आज सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं, १३ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुिन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी भने तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार ३२० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस