काठमाडौं, १२ साउन । केही दिनयता निरन्तर बढेको सुनको मूल्य आज भने घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ४ हजार ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी तोलामा १३५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला चार हजार ४४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ३१० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।