काठमाडौं, ११ साउन । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक ३३ दशमलव २८ अंकले घटेर दुई हजार ७०१ दशमलव ३२ बिन्दुमा कायम भएको हो ।
आज १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८ करोड ८ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार हुँदा ६ अर्ब २६ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज ३६ धितोपत्रको शेयर मूल्य बढ्दा २३४ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३६० धितोपत्र कारोबारमा आएका छन् ।
सोमबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ ।
यसदिन म्युचुअल फण्ड शून्य दशमलव १५ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव १ प्रतिशतले बढेको छ ।
यसैगरी व्यापार २ दशमलव २३, होटेल तथा पर्यटन २ दशमलव २२, उत्पादन तथा प्रशोधन २ दशमलव ३, विकास बैंक १ दशमलव ८२, अन्य १ दशमलव ६९, माइक्रोफाइनान्स १ दशमलव २७, जीवन बीमा १ दशमलव २५, निर्जीवन बीमा शून्य दशमलव २१, हाइड्रोपावर १ दशमलव ९, फाइनान्स शून्य दशमलव ७ र लगानी समूहको उपसूचक शून्य दशमलव ७ प्रतिशतले घटेको छ ।
आज एभरेष्ट कलर १४ दशमलव ९९, गरिमा समृद्धि योजना ४ दशमलव ७८, हिमालयन एभरेष्ट इन्सुरेन्स प्रमोटर ४ दशमलव २७ र गुर्खाज फाइनान्सको शेयर मूल्य ३ दशमलव ८६ प्रतिशतले बढेको छ ।
यसदिन आत्मनिर्भर लघुवित्त १३ दशमलव ३८, कर्पोरेट डेभलवमेन्ट बैंक ९ दशमलव ६३, कालंग हाइड्रोको शेयर मूल्य ८ दशमलव ५२ प्रतिशतले ह्रास आएको छ ।