काठमाडौं, ११ साउन । नेपाली बजारमा आज सुन सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।