काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ कार्यक्रम आयोजना

अनलाइनसमय |
१० साउन २०८३
काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ कार्यक्रम आयोजना

काठमाडौं, १० साउन । नेपालस्थित बंगलादेशी दूतावासले आइतबार काठमाडौंमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ कार्यक्रम आयोजना गरेको छ । बसुन्धरा, चक्रपथस्थित उत्सव कुञ्ज बैंक्वेटमा आयोजित कार्यक्रममा बंगलादेशमा उत्पादित विभिन्न प्रजातिका आँप तथा आँपबाट तयार गरिएका परिकारहरूको स्वाद र विशेषता प्रस्तुत गरिएको थियो।

नेपालका लागि बंगलादेशका राजदूत महामहिम मोहम्मद शफिकुर रहमानको आयोजनामा भएको कार्यक्रममा कूटनीतिज्ञ, सरकारी अधिकारी, विभिन्न क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य बंगलादेशमा उत्पादन हुने आँपका विभिन्न प्रजाति, तिनको विशिष्ट स्वाद तथा आँपबाट तयार गरिने विविध परिकारबारे नेपाली तथा हिमाली समुदायलाई परिचित गराउनु रहेको दूतावासले जनाएको छ।

बंगलादेश आफ्नो विविध प्रजातिका स्वादिष्ट आँपका लागि प्रसिद्ध छ। कार्यक्रममा बंगलादेशी आँपका विशेष स्वाद तथा त्यसबाट तयार गरिएका विभिन्न परिकारहरूको प्रदर्शनी तथा स्वाद लिने अवसर सहभागीहरूलाई प्रदान गरिएको थियो।

खाना तथा पाक संस्कृतिमार्फत नेपाल र बंगलादेशबीचको जनस्तरको सम्बन्ध तथा सांस्कृतिक आदानप्रदानलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस