१३.९५ अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार

अनलाइनसमय |
६ साउन २०८३
१३.९५ अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, ६ साउन । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकले बढेर दुई हजार ७१२ दशमलव ५४ बिन्दुमा कायम भएको हो ।

आज १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १९३ धितोपत्रको शेयर मूल्य बढ्दा ७७ को घटेको छ । यस्तै ७ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४३६ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार १३ समूहको उपसूचकमध्ये ११ को घटेको छ भने २ उपसूचक मात्र बढेको छ ।

यसदिन फाइनान्स शून्य दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ४५ प्रतिशतले बढेको छ ।

यसैगरी व्यापार २ दशमलव ६, निर्जीवन बीमा १ दशमलव २६, अन्य शून्य दशमलव ९८, जीवन बीमा शून्य दशमलव ६४, हाइड्रोपावर शून्य दशमलव ५७, माइक्रोफाइनान्स शून्य दशमलव ४२, होटेल तथा पर्यटन शून्य दशमलव ३१, बैंकिङ शून्य दशमलव २७, विकास बैंक शून्य दशमलव २४, म्युचुअल फण्ड शून्य दशमलव ०७ र लगानी समूहको उपसूचक शून्य दशमलव ५ प्रतिशतले घटेको छ ।

आज एभरेष्ट कलरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरि बुंगल हाइड्रो १० दशमलव ५, साल्पा विकास बैंक ५ दशमलव ९२, पियर इनर्जी ५ दशमलव २३ र श्रीनगर एग्रिटेक इन्ड्रस्ट्रिजको शेयर मूल्य ४ दशमलव ३२ प्रतिशतले बढेको छ ।

यसदिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स ३ दशमलव ९२, दिव्यश्वरि हाइड्रोपावर ३ दशमलव ६७ र सानिमा ग्रोथ फण्डको शेयर मूल्य ३ दशमलव ५३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस