casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

युक्रेनका सेना प्रमुख ओलेक्सान्डर पदमुक्त, ४३ वर्षीय द्रपाती नयाँ कमान्डर नियुक्त

अनलाइनसमय |
६ साउन २०८३
युक्रेनका सेना प्रमुख ओलेक्सान्डर पदमुक्त, ४३ वर्षीय द्रपाती नयाँ कमान्डर नियुक्त

काठमाडौं, ६ साउन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशका सेना प्रमुख (कमान्डर–इन–चिफ) ओलेक्सान्डर सिरस्कीलाई पदमुक्त गरेका छन् । लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेडोरोभको बर्खास्तगीपछि देशभर सुरु भएको विरोध प्रदर्शनको केही दिनमै जेलेन्स्कीले सरस्कीलाई पनि पदमुक्त गरिदिएका हुन् ।

३५ वर्षीय फेडोरोभको रक्षा मन्त्रालयलाई सशक्त बनाउनुका साथै सशस्त्र बलको आधुनिकीकरण र भ्रष्टाचार विरुद्धको अभियानको नेतृत्व गरेकोमा व्यापक प्रशंसा गरिएको थियो । अर्कोतर्फ, ६० वर्षीय सिरस्कीलाई सेनामा व्यापक सुधार गर्न अनिच्छुक ‘सोभियत शैलीका कमान्डर’का रूपमा हेरिन्थ्यो ।

सिरस्कीले आफ्नो बिदाई सम्बोधनमा टेलिग्राममार्फत आफ्नो कार्यकालको बचाउ गर्दै लेखेका छन्, ‘दुई वर्षअघि कठिन रक्षात्मक स्थितिमा लडिरहेको सेना अहिले आक्रमणको स्थितिमा छ । म मेरो उत्तराधिकारीलाई यस्तो सेना सुम्पिँदै छु जसले सीमाको रक्षा मात्र गरिरहेको छैन, तर अगाडि पनि बढिरहेको छ… मलाई आशा छ यो आक्रमण जारी रहनेछ ।’

नयाँ नेतृत्व र प्रतिक्रिया
सिरस्कीको ठाउँमा ४३ वर्षीय मिखाइलो द्रपातीलाई नियुक्त गरिएको छ, उनी सेनाभित्र लोकप्रिय र युद्धको अनुभवले खारिएका जनरल हुन् । नयाँ जिम्मेवारी पाएपछि द्रपातीले फेसबुकमा भनेका छन्, ‘म पूर्ण जिम्मेवारी, ध्यान र आज हाम्रो देशको रक्षा गरिरहेका मानिसहरूका प्रति सम्मान व्यक्त गर्दै काम गर्नेछु ।’ उनले युक्रेनी सेनालाई सुदृढ पार्न सिरस्कीले गरेको निरन्तर कार्यका लागि धन्यवाद दिँदै आफू यही सेनाभित्र हुर्किएको बताए ।

मंगलबार अबेर राति सामाजिक सञ्जालमा जारी एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले सन् २०२२ मा रुसको पूर्णकालीन आक्रमणको सुरुवाती दिनहरूमा राजधानी किभको सफल रक्षामा देखाएको भूमिका लगायत सैन्य अभियानहरूका लागि सिरस्कीलाई धन्यवाद दिए ।

जेलेन्स्कीले सोही दिन अघि फेडोरोभलाई भेटेर सरकारमा ‘उपयुक्त पद’ को प्रस्ताव गरेको पनि खुलासा गरे, तर फेडोरोभले उक्त प्रस्ताव स्वीकार गरे वा गरेनन् भन्नेबारे केही खुलाइएको छैन । फेडोरोभको ठाउँमा गत साता युक्रेनको सुरक्षा सेवाका पूर्व उच्च अधिकारी येभहेनी ख्मारालाई नियुक्त गरिएको थियो ।

यसैबीच, फेडोरोभले द्रपातीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै उनको नियुक्तिलाई स्वतन्त्रता र न्यायका लागि स्वतन्त्र मानिसहरूको लडाइँमा नयाँ आशाको रूपमा वर्णन गरे । उनले यसलाई उपेक्षा गर्न नसकिने परिवर्तनको आवाज भनेका छन् ।

गत जनवरीमा मात्रै रक्षा मन्त्री नियुक्त भएका फेडोरोभले फ्रन्टलाइनमा सैन्य दक्षता सुधार गर्न तथ्याङ्क तथा डाटाको प्रयोग गरेर ठूलो छाप छोडेका थिए । पूर्व डिजिटल रूपान्तरण मन्त्री रहेका उनले रुसको पूर्ण आक्रमणको सुरुवाती दिनमै रुसविरुद्ध साइबर हमला गर्न स्वयंसेवीको स्थापना गरेका थिए । पछि, उनले आईटी आर्मी अफ युक्रेन नामक सफल कोष संकलन अभियानको नेतृत्व गरे र रुसी सैन्य सम्पत्तिमा क्षति पुर्‍याउने युक्रेनी सैन्य एकाइहरूलाई क्रेडिट दिने प्रविधिमा आधारित प्रणाली लागू गरे ।

फेडोरोभलाई पदबाट हटाइएपछि छ दिनसम्म व्यापक विरोध प्रदर्शन भएको थियो, जसका कारण जेलेन्स्कीमाथि सिरस्कीलाई पनि बर्खास्त गर्न चौतर्फी दबाब परेको थियो । जेलेन्स्कीले सिरस्कीको ठाउँमा कान्छो र बढी नवप्रवर्तनकारी मानिने द्रपातीलाई नियुक्त गरेर उक्त दबाबसमक्ष लचकता देखाएका छन् । द्रपातीलाई फेडोरोभको नजिकको साथीको रूपमा पनि हेरिन्छ । द्रपातीप्रति फेडोरोभको स्पष्ट समर्थनले विगत हप्ताको राजनीतिक संकटलाई साम्य पार्न मद्दत पु¥याउने अनुमान गरिएको छ ।

हाल कार्यवाहक रक्षा मन्त्री ख्मारा आफ्नो पदमा कायमै छन् । राष्ट्रपति जेलेन्स्कीले उनी र द्रपातीलाई सैन्य कोर प्रणालीको सुधार, हतियार आपूर्ति र ड्रोन जस्ता प्रमुख विषयहरू समेटेर नयाँ रक्षा रणनीति तयार पार्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun