तोलामा ५४ सयले बढ्यो सुनको मूल्य

अनलाइनसमय |
६ साउन २०८३
तोलामा ५४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, ६ साउन । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबा भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा ११० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४८० रुपैयाँ कायभ भएको महासंघले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस