मंगलबार पनि बढ्यो नेप्से, ६ अर्ब ६७ करोडको कारोबार

अनलाइनसमय |
५ साउन २०८३
मंगलबार पनि बढ्यो नेप्से, ६ अर्ब ६७ करोडको कारोबार

काठमाडौं, ५ साउन । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव २५ अंकले बढेर दुई हजार ७२६ दशमलव ४९ बिन्दुमा कायम भएको हो ।

आज १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १०३ धितोपत्रको शेयर मूल्य बढ्दा १६२ को घटेको छ । यस्तै १२ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४३ धितोपत्र कारोबारमा आएका छन् ।

मंगलबार उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, लगानी शून्य दशमलव ४९ र बैंकिङ समूहको उपसूचक शून्य दशमलव ०९ प्रतिशतले बढेको छ ।

यसैगरी म्युचुअल फण्ड शून्य दशमलव ७१, फाइनान्स शून्य दशमलव ६२, होटेल तथा पर्यटन शून्य दशमलव २३, जीवन बीमा शून्य दशमलव १७, निर्जीवन बीमा शून्य दशमलव १४, हाइड्रोपावर शून्य दशमलव ०५, बैंकिङ शून्य दशमलव ४ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ०२ प्रतिशतले घटेको छ ।

आज एभरेष्ट कलर १४ दशमलव ९८, कालंगा हाइड्रो ७ दशमलव ५, बोटलर्स नेपाल (बालाजु) ७ शदमलव ४२, सानिगड हाइड्रो ६ दशमलव ५६ र स्नो रिभर्सको शेयर मूल्य ६ दशमलव ०२ प्रतिशतले बढेको छ ।

यसदिन एनआईबीएल ग्रोथ फण्ड ७ दशमलव ३, कर्पोरेट डेभलवमेन्ट बैंक ६ दशमलव ५४, भुजुंग हाइड्रोपावर ४ दशमलव ५८ र चिर्खा हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव ४४ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस