४१.७० अङ्कले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

अनलाइनसमय |
४ साउन २०८३
४१.७० अङ्कले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं, ४ साउन । कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ४१ दशमलव ७० अंकले बढेर दुई हजार ७१९ दशमलव २४ बिन्दुमा कायम भएको हो ।

आज १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार हुँदा ४ अर्ब ४७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज २३९ धितोपत्रको शेयर मूल्य बढ्दा ३२ को घटेको छ । यस्तै ५ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३४३ धितोपत्र कारोबारमा आएका छन् ।

सोमबार म्युच्युअल फण्ड शून्य दशमलव ०२ प्रतिशत बाहेक बाँकी सबै समूहको उपसूचक बढेको छ । यसदिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३ दशमलव २१ प्रतिशतले बढेको छ ।

यसदिन अन्य २ दशमलव ८१, हाइड्रोपावर २ दशमलव ७९, होटेल तथा पर्यटन १ दशमलव ९८, लगानी १ दशमलव ५५, विकास बैंक १ दशमलव ४८, व्यापार १ दशमलव १४, फाइनान्स शून्य दशमलव ९३, जीवन बीमा शून्य दशमलव ८४, बैंकिङ शून्य दशमलव ५५, निर्जीवन बीमा शून्य दशमलव ४४ र माइक्रोफाइनान्स समूहको उपसूचक शून्य दशमलव ३७ प्रतिशतले बढेको छ ।

आज एभरेष्ट कलर १४ दशमलव ९७, रिज लाइन इनर्जी १४ दशमलव ६४, श्रीनगर एग्रिटेक इन्ड्रस्ट्रीज १० दशमलव ९५, सोलु हाइड्रोपावर ९ दशमलव ५६ र रिलायन्स स्पीनिङ मिल्सको शेयर मूल्य ९ दशमलव ३१ प्रतिशतले बढेको छ ।

यसदिन आत्मनिर्भर लघुवित्त ६ दशमलव ८६ र लक्ष्मी उन्नती कोषको शेयर मूल्य ५ दशमलव १५ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस