यी स्थानमा आज ठूलो पानी पर्ने सम्भावना

अनलाइनसमय |
३ साउन २०८३
यी स्थानमा आज ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, ३ साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू–भाग आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले कोशी र लुम्बिनी प्रदेशका केहि स्थानमा, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका धेरै स्थानमा र पहाडी भू–भागका अधिकांश स्थानमा तथा तराई भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडीू भू–भाग साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको  पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भाग र मधेश प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका अधिकांश स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा र तराई भू–भागका अधिकांश स्थानमा मेघगर्जन रअचट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भाग थोरै स्थानमा भारी देखि धेरै भारी वर्षा तथा बागमती प्रदेशको हिमाली, पहाडी र तराई भूभाग साथै मधेश प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस