आर्थिक वर्षको अन्तिम दिन बढ्यो नेप्से

अनलाइनसमय |
३२ असार २०८३
आर्थिक वर्षको अन्तिम दिन बढ्यो नेप्से

काठमाडौं, ३२ असार । आर्थिक वर्ष २०८२/८३ को अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ७ दशमलव ५० अंकले बढेर २ हजार ५९७ दशमलव ८९ बिन्दुमा पुगेको हो ।

बुधबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज २७५ कम्पनीको कारोबार हुँदा १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

यसदिन बैंकिङ शून्य दशमलव ६२, विकास बैंक शून्य दशमलव ०८, लगानी शून्य दशमलव ११, जीवन बीमा शून्य दशमलव २५, लघुवित्त १ शून्य दशमलव २३, निर्जीवन बीमा १ शून्य दशमलव ११, अन्य शून्य दशमलव ३१ र व्यापार समूहको उपसूचक शून्य दशमलव ३२ प्रतिशतले बढेको छ ।

यस्तै उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ११, जलविद्युत्शून्य दशमलव ३४, होटल तथा पर्यटन शून्य दशमलव ०९ र फाइनान्स समूहको उपसूचक शून्य दशमलव ६६ प्रतिशतले घटेका छन् ।

बिहीबार फस्र्ट माइक्रोफाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै १४ दशमलव ६७ प्रतिशतले बढेको छ । त्यस्तै चिरख्वा हाइड्रोपावर १४ दशमलव ३४, पियोर इनर्जी १३ दशमलव ९७, माइखोला हाइड्रोपावर १२ दशमलव ५२ र सयपत्री हाइड्रोपावरको शेयर मूल्य ८ दशमलव ५५ प्रतिशतले बढेको छ ।

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ८ दशमलव ७७, भुजुङ हाइड्रोपावर ४ दशमलव ३५ र स्वेतगंगा हाइड्रोपावरको शेयर मूल्य ४ दशमलव १९ प्रतिशतले ह्रास आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस