एभरेष्ट कलरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति?

अनलाइनसमय |
३२ असार २०८३
एभरेष्ट कलरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति?

काठमाडौं, ३२ असार । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत भएको छ । आज कम्पनीको ३० लाख कित्ता शेयर सूचीकृत भएको हो ।

सूचीकृत शेयरमध्ये ७ लाख ९० हजार कित्ता (कुल शेयरको २६.३३ प्रतिशत) सर्वसाधारणका लागि निष्कासन गरिएको आइपीओ हो भने बाँकी २२ लाख १० हजार कित्ता संस्थापक सेयर रहेको छ ।

संस्थापक शेयरमा तीन वर्षको ‘लकइन’ अवधि लागू हुने भएकाले सो अवधिभर संस्थापक लगानीकर्ताहरूले आफ्नो शेयर बिक्री गर्न पाउने छैनन् । सर्वसाधारणका लागि जारी गरिएको आइपीओ भने भोलि (शुक्रबार) देखि नै दोस्रो बजारमा कारोबारका लागि उपलब्ध हुनेछ ।

प्रथम कारोबारका लागि नेप्सेले कम्पनीलाई न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस