बुधबार पनि बढ्यो नेप्से, ४ अर्बको कारोबार

अनलाइनसमय |
३१ असार २०८३
बुधबार पनि बढ्यो नेप्से, ४ अर्बको कारोबार

काठमाडौं, ३१ असार । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक १४ अंकले बढेर दुई हजार ५९० दशमलव २९ बिन्दुमा कायम भएको हो ।

आज ८४ लाख ७३ हजार १६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज १९५ धितोपत्रको शेयर मूल्य बढ्दा ६० को घटेको छ । यस्तै १९ धितोपत्रको भने स्थिर रहेको छ । यसदिन कुल ३६२ धितोपत्र कारोबारमा आएका छन् ।

बुधबार विकास बैंक १ दशमलव ३७, निर्जीवन बीमा १ दशमलव ०३, बैंकिङ शून्य दशमलव ७४, होटेल तथा पर्यटन शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५७, जीवन बीमा शून्य दशमलव ५४, हाइड्रोपावर शून्य दशमलव ४७, माइक्रोफाइनान्स शून्य दशमलव २७, फाइनान्स शून्य दशमलव ७ र व्यापार समूहको उपसूचक शून्य दशमलव ६ प्रतिशतले बढेको छ ।

यसैगरी लगानी उपसूचक शून्य दशमलव ४६ प्रतिशतले घट्दा म्युचुअल फण्ड स्थिर रह्यो ।

आज नारायणी डेभलवमेन्ट बैंक ८ दशमलव ४ र सागर डिस्टीलरीको शेयर मूल्य ६ दशमलव ०३ प्रतिशतले बढेको छ ।

यसदिन उपकार लघुवित्त ७ दशमलव ३२, कएनआईबीएल स्टाबल फण्ड ६ दशमलव २८, एनआईसी एशिया सेलेक्ट फण्ड २० ३ दशमलव ७४, कर्पोरेट डेभलवमेन्ट बैंक ३ दशमलव ०६ आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ३ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस