काठमाडौं, २९ असार । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।