सरकारी विज्ञापनमा एकद्वार प्रणाली सर्वोच्चद्वारा खारेज

अनलाइनसमय |
३० असार २०८३
सरकारी विज्ञापनमा एकद्वार प्रणाली सर्वोच्चद्वारा खारेज

काठमाडौं, ३० असार । सरकारी विज्ञापन प्रकाशनका निम्ति सरकारले लागु गरेको एकद्वार प्रणाली सर्वोच्च अदालतले खारेज गरिदिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त उक्त निर्णय खारेजको आदेश गरेको हो ।

वर्तमान सरकारले २०८२ चैत १८ गते सरकारी विज्ञापनहरु सरकारी सञ्चारमाध्यमहरुबाट मात्रै प्रकाशित एवं प्रशारित गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट जारी परिपत्र सार्वजनिक र नीजि सञ्चारमाध्यमहरुको हित प्रतिकूल भएको भन्दै सरकारी विज्ञापन निजी मिडियाले पाउनुपर्ने दावीसहित नेपाल मिडिया सोसाइटीका तर्फबाट अख्तियारप्राप्त अधिवक्ता लुईंटेल सर्वाेच्च गएका थिए ।

लुईंटेलले दायर गरेको रिटमा असार २२ र २३ मा दुवै पक्षका तर्फबाट बहस गरेका थिए । सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालयबाट जारी परिपत्र बदर हुने निर्णय गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस