अमेरिकाको तेस्रो सैन्य आक्रमणपछि इरानद्वारा मिसाइल र ड्रोन प्रहार

अनलाइनसमय |
२८ असार २०८३
अमेरिकाको तेस्रो सैन्य आक्रमणपछि इरानद्वारा मिसाइल र ड्रोन प्रहार

काठमाडौं, २८ असार । अमेरिकाले इरानमाथि तेस्रो चरणको सैन्य आक्रमण गरेको घोषणा गरेपछि इरानले बहराइन, कुवेत, कतार, जोर्डन, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) लक्षित मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । यूएईले भने आफ्नो वायु प्रतिरक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनलाई बीचमै निष्क्रिय बनाएको जनाएको हो ।

अमेरिकाले होर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ । इरानले भने खाडी राष्ट्रहरूले अमेरिकी सेनालाई सहयोग गरिरहेको आरोप लगाएको छ, जबकि ती देशहरूले आफूहरू अमेरिका–इरान द्वन्द्वमा तटस्थ रहेको बताएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कप्र्स (आईआरजीसी) ले ओमानको दुक्म बन्दरगाहस्थित अमेरिकी सैन्य लजिस्टिक तथा इन्धन आपूर्ति केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ ।

यसैबीच, यूएई र बहराइनले हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरी मिसाइल र ड्रोन निष्क्रिय पारिरहेको जनाएका छन् । कतार र बहराइनले नागरिकलाई घरभित्रै बस्न तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन्। कुवेती सेनाले पनि शत्रुतापूर्ण हवाई लक्ष्यहरूलाई नष्ट गरिरहेको जनाएको छ ।

आईआरजीसीले होर्मुज जलमार्गमा अर्को जहाज नियन्त्रणमा लिएको तथा कतारस्थित अल उदेद अमेरिकी वायुसेना अखडामा ब्यालिस्टिक मिसाइल प्रहार गरी लडाकु विमान मर्मत तथा कमाण्ड केन्द्र ध्वस्त पारेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस