casino non aams

Which methods clear before the banking day ends — fast payout casinos canada How the operator communicates progress on a pending request is recorded. See the gaps between claim and practice.

Самое время скачать приложение: пинко казино Жмите, чтобы открыть

Check out — https://tower.bet/game/tower-rush for big casino bonuses

गणेश मृत्यु प्रकरणः तीन नगर प्रहरी नियन्त्रणमा

अनलाइनसमय |
२६ असार २०८३
गणेश मृत्यु प्रकरणः तीन नगर प्रहरी नियन्त्रणमा

काठमाडौं, २६ असार । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले काठमाडौं महानगरपालिकाका तीन नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा रहेका तीनमध्ये दुई महिला र एक पुरुष नगर प्रहरी हुन् । उनीहरूलाई हाल कालीमाटी प्रहरी वृत्तमा राखेर घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

हिजो बिहीबार दिउँसो करिब १ः३० बजे राहदानी विभाग अगाडि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको हो ।

प्रारम्भिक जानकारीअनुसार घटनाअघि राहदानी विभाग अगाडि पार्किङ गरिएको उनको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक गरेको थियो । त्यसपछि नगर प्रहरीसँग उनको विवाद भएको र सोही क्रममा उनले आत्मदाहको प्रयास गरेको मृतकका आफन्तले दाबी गरेका छन् ।

यद्यपि घटनाको वास्तविक कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस

utländska casino utan svensk licens

Aussie players can take advantage of a completely free staycasino no deposit bonus that lets them test the pokies with zero financial risk.

utländska casino utan svensk licens

Check out — tower rush real money game for online gambling fun